Nepal's First Video FM

अब समयको सदुपयोग : प्रभु ग्रुपले नेपालमै ल्यायो ‘प्रभु पे’ डिजिटल वालेट

1,343

साउन २४, प्रभु ग्रुपले नेपालमा ‘वालेट अब मोबाइल’मा भन्ने नारा सहित ‘प्रभु पे’ नामक डिजिटल वालेटको सुरुवात गरेको छ । बिहीबार एक कार्यक्रममा प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले ‘प्रभु पे’ डिजिटल वालेटको प्रयोग गरी सेवाको शुभारम्भ गरेको हो ।

प्रभु पे ले नौलो र फरक सुविधा ल्याएको छ । डिजिटल वालेट आफ्नो मोबाइलमा डाउनलोड गरेपछि पैसासँग सम्बन्धित सम्पुर्ण कार्यहरु त्यसैबाट गर्न सकिन्छ ।

जस्तै, कुनै पनि बैंक अथवा वित्तीय संस्थाको खाताबाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानी लगायत अन्य बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टिभी रिचार्च गर्न, मोबाईल रिचार्च गर्न यो एप्सले सहयोग पुर्याउने छ ।

यो एप्सबाट अनलाइन मात्रै नभई युनियन पे र इच् ऋयमभ स्क्यानमार्फत पनि पैसा तिर्न सकिन्छ । प्रभु पे ले नियमित ग्राहकलाई १० लाख रुपैयाँको दुर्घटना बीमाको सुविधा पनि दिएको छ । प्रभु ग्रुप अन्तर्गत बैक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभी र सूचना प्रविधि र व्यवस्थापन सम्बन्धी विभिन्न कम्पनी छन् ।

You might also like

Comments are closed.