साउन २४, छोरा अपहरणमा परेको भनी प्रहरीलाई गलत सूचना दिने बैतडीको पाटन नगरपालिका ६ घर भई हाल काठमाडौंको कपन बस्ने राकेश विष्ट पक्राउ परेका छन् । छोरा अपहरणमा परेको भनी प्रहरीलाई भ्रममा पार्न खोजेको देखिएकाले बिस्टलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
राकेशले साउन २३ गते प्रहरी कन्ट्रोलको टेलिफोन नम्बर १०० मा फोन गरी आफ्नो छोरा नरेश विष्ट अपहरणमा परेको जानकारी गराएका थिए । त्यसपछि राकेशलाई कार्यालयमा नै बोलाएर सोधपुछ गर्दा उनले गलत सूचना दिएको खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
Comments are closed.