Nepal's First Video FM

वनदेबी मन्दिरका बाबा चन्द्र गिरीको हत्या बाबाबाटै भएको खुलासा,कोहुन यी हत्यारा बाबा ?

778

माघ २७, क्ञ्चनपुरको कृष्णपुर स्थित वनदेबी मन्दिरमा बाबा चन्द्र गिरीको हत्या गरी फरार भएका नारायण चौधरीलाई प्रहरीले शनिवार बिहान कैलालीको अत्तरीयाबाट पक्राउ गरेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ४ मा रहेको प्रसिद्ध बनदेवी मन्दिरमा बस्दै आएका बाबा चन्द्र गिरीको हत्या गरी फरार रहेका आरोपि नारायण चौधरीलाई कैलालीको अत्तरिया बजारबाट शनिबार एकाबिहानै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणि भट्टले जानकारी दिएका छन् ।

३२ वर्षीय नारायण चौधरीले सोही मन्दिरमा बस्दै आएका ४५ वर्षिय जोगी चन्द्र गिरीलाई चिर्पट दाउरा प्रहार गरी हत्या गरेका थिए । त्यहाँ रहेका अन्य आधा दर्जन बाबाहरु आरती गर्न व्यस्त रहेकै समयमा हिजो साँझ ती दुई जना बाबाहरु बीच एक आपसमा झगडा हुँदा बाबा चौधरीले हानेको चिर्पट दाउराको प्रहारबाट बाबा गिरीको ज्यान गएको हो ।

हत्या पश्चात नारायण चौधरी नजिकैको लालझाडी बन हुँदै फरार भएको भन्दै प्रहरीले उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरेको थियो । उनलाई कैलालीको अत्तरीयाबाट आज बिहानै पक्राउ गरिए पनि हत्या किन गरियो जस्ता घटनाका विषयमा थप विवरण उनको बयानबाटै लिइने प्रहरीले जनाएको छ ।

साभार ललिगुराश

You might also like

Comments are closed.