साउन २४, गुण्डा नाइके गणेश लामा सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा लामालाई न्यायाधीश बाबुराम रेग्मी, द्वारीकामान जोशी, रत्नबहादुर बागचन्दको संयुक्त इजालासले लामालाई दोषी ठहर गरेको हो ।
‘एक करोड ४० लाख ५० हजार बिगोसम्मको हकमा आरोप दाबी बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादी गणेश लामालाई एक वर्ष कैद र सो बराबरको प्रतिवादी लामाको सम्पत्ति जफत हुने’, फैसलाबारे जानकारी दिदै विशेष अदालतका प्रवक्ता नगेन्द्र केशरी पोखरेलले भने, ‘अन्य प्रतिवादीले भने सफाई पाएका छन् ।’
लामालाई दोषी ठहर गर्दै विशेष अदालतले अन्य प्रतिवादी उनकी श्रीमती लक्ष्मी लामा, बाबु पाल्साङ लामा, आमा रञ्जु लामा, भाइहरु राकेश, विनोदलाई सफाई दिएको हो ।
लामालाई प्रहरीले २०७४ फागुन ३० गते राजधानीको गौशालामा रहेको पशुपति भिजनमा होटलबाट पेस्टोल सहित पक्राउ गरेको थियो । होटलमा गोली चलेपछि पुगेको महानगरीय प्रहरी वृत गौशालाको टोलीले लामालार्इ एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको थियो ।
लामा गत प्रदेश–प्रतिनिधि सभाको निर्वाचनमा काभ्रे क्षेत्र नं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उठेका थिए । तर उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भए ।
उनीमाथि एक करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता भएको थियो ।
Comments are closed, but trackbacks and pingbacks are open.