Nepal's First Video FM

भन्सार छलेर भित्र्याएको सामान बरामद

825

सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण धनगढी (तत्कालीन सीमा सुरक्षा कार्यालय) को टोलीले शुक्रबार विहान भन्सार छली गरेर भित्र्याएको हार्यवेयर तथा कपडाहरु बरामद गरेको छ । धनगढी उपमहानगरपालिका १० घुइयाघाट, सालघारीबाट स्थानीय शिव पार्कीको घरपछाडि राखेको अवस्थामा करिब तीन लाख १८ हजार रुपैयाँ बराबरका ड्रिल मेशिन, झया्लढोकाका चुकुलहरु, धाराको टुटी लगायतका हार्डवेयर, साइकल मोटरसाइकलका टायर, टयुब लगायत लत्ताकपडाहरु नियन्त्रणमा लिइएको ३४ नम्बर गणका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रसाद भट्टले जानकारी दिए ।

उनले सीमानाकाबाट हुने चोरी तस्करी रोक्न स्थानीयहरुले समेत सहयोग गर्नुपर्ने बताए ।

जनशक्ति अभावका कारण सबै ठाउँमा पुग्न नसकिने भएकाले चोरी तस्करी भैरहेको सूचना दिन स्थानीयहरुलाई उनले आग्रह गरे । उनले पक्राउ परेका समानहरु जिल्ला भन्सार कार्यालय कैलालीलाई बुझाएको जानकारी दिए ।

यसअघि पनि विभिन्न स्थानबाट पक्राउ गरेका समानहरु भन्सार कार्यालयलाई बुझाएको थियो ।

You might also like

Comments are closed.