चिकित्सा सम्बन्धि विषयमा निर्धारित शैक्षिक योग्यता हासिल गरे पनि उपचार गर्ने लाइसेन्स नपाएका व्यक्तिले उपचार गरेमा मात्रै तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ ।
भदौ १ गते देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा यस्तो व्यवस्था गरिएको हो । लाइसेन्स प्राप्त नगरेको चिकित्सकले उपचार गरेको बिरामी अंगभंग भएमा १५ वर्ष कैद र ज्यान गएमा जन्मकैद हुने प्रावधान समेटीएको छ ।
कसैको उपचार गर्दा पर्याप्त होसियाारी वा सावधानी नअपनाइ लापरबाही वा हेलचक्र्याइँ गरी उपचार गर्न, औषधि दिन र खान सिफारिस गर्न नहुने ऐनमा उल्लेख छ ।
यदि लापरबाही गरेर ज्यान गएको वा अंगभंग गरेको पाइएमा पाँच वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिवाना, हेलचक्र्याइँ गरेर मृत्यु वा अंगभंग भएमा तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
यसैगरी मञ्जुरीबिना मानव शरीरमा परीक्षण गर्न कानूनले बन्देज लगाएको छ ।
Comments are closed.