यतिबेला ७ बर्षे बालकले आफ्नो आमाको दाहसंस्कार गरेको भिडियो युटुबमा भाईरल भैरहेको छ । आमाको दुर्घटनामा मृत्यु भएपछि मलाई माफ गरिदेऊ आमा भन्दै बालक आयुब सेनले आमाको शवमा आगो लगाउँछन् । भिडियो हेरेर सबै रोईरहेका छन् ।
एकपछि अर्को सफल चलचित्रहरु बनाउन सफल निर्माता सन्तोष सेनले यस पटक आफ्नै कान्छो छोरा आयुब सेनलाई केन्द्रिय भुमिकामा राखेर चलचित्र मेरी मामु निर्माण गरेका छन । खर्च गर्न कन्जुस्याई नगर्ने सेनले यस अघि उच्च लगानीमा तिनवटा चलचित्र दिईसकेका छन । बालमनोविज्ञानमा आधारीत रहेर आमा र छोरा विचको कथा बाचन उनले आफ्नो चौथो चलचित्रमा गरेका छन । केहि हप्ता अगाडी मात्र उन्को कम्पनि आसुसेन फिल्मले मेरी मामुको शिर्ष गीत सार्वजनिक गरेको थियो । रिलिज भएको केहि दिनमै उल्लेख्य मात्रामा भ्युज पाउन सफल शिर्ष गीत हेर्ने दर्शकहरुले राम्रै प्रतिक्रिया दिएका छन । पत्रकार र समिक्षकहरुले पनि भिडियोमा कलाकार आयुब सेनले आफ्नो उमेरको अनुपातमा राम्रो काम गरेको बताएका छन । सामाजिक संजालहरुमा निकै नै छाएका बाल कलाकार आयुब सेनले के यस चलचित्रमा साच्चै नै उधुम मचाउलान त ? के उनले साच्चैनै निखारिएको अभिनय गरेका छन त ? भन्ने प्रश्नमा फिल्मका लेखक तथा निर्देशक याम थापाले पहिला हामिले अरु बच्चाहरुलाई काम गराउने सोचेका थियौ तर आयुवमा एक प्रकारको अभिनयको चार्म देखेको कारण हामिले उन्लाई नै फिचरिङ गर्ने निर्णय गरेका हौ भनेर बताएका छन । आयुबले साच्चै नै खारिएको कलाकारीता देखाएको छ र यस्को नतिजा भाद्र १५ गते पश्चात सबैले देख्न र बुझ्न सक्नुहनेछ निर्देशक थापाले अझै प्रष्ट्याए ।
फिल्म बजारमा अनुभव रेग्मीको माग हुदा हुदै किन आफ्नै सन्तानलाई लिएर लगानी गर्नु भएको हो भन्ने प्रश्नमा निर्माता सेनले यसरी प्रष्ट्याएः यदि मेरो आफ्नै बंगैचामा रसिलो र स्वादिलो सुन्ताला फलेको छ भने किन मैले बेकारमा बजार बजार डुलेर सुन्तलाको खोजी गर्नु ? तपाईहरुलाई लाग्ला कि सन्तोषले आफ्नै छोरालाई लगानी गरेर हिट गराउन खोजेको हो तर म भन्छु फिल्म रिलिज पश्चात तपाईहरुले नै भन्नुहूने छ कि यो बच्चाले अव अर्को फिल्म कहिले खेल्दैछ भनेर र ।
बास्तबमा बच्चा भनेका कच्चा नै हुन्छन¸उनीहरुमा परिपक्कता हुदैन तर फिल्मको शिर्ष गीतको भिडियो हेर्दा लाग्छ कि आयुबले यति सानो उमेरमा पनि निकै नै माझिएको अभिनय गरेको छ । भिडियो मा उस्ले मनमा धेरै कुराहरु गुम्सिएको तर उक्त कुराहरु ब्यक्त गर्नलाई माया गर्ने मान्छेको कमि महशुस गरेको एउटा रिजर्भ किसिमको भुमिकामा आफुलाई अब्बलताका साथमा प्रस्तुत गरेको छ । हुन पनि प्रतिभा भनेको सबैले खोज्नै पर्दछ । सबैजान जस्को नाम र चर्चा विकेको छ उसैको पछाडि लाग्ने हो भनेर नया प्रतिभाले कहिले पनि प्रष्फुटित हुने मौका पाउदैन । सेनले अगाडीका आफ्ना चलचित्रमा लेखक¸निर्देशक¸नायक र नायिकाहरुलाई पनि उनीहरुको प्रतिभा चिनेर नै आफ्नो फिल्ममा ब्रेक दिएका हुन । अनुमान नै गर्ने हो भनेपनि आयुब सेनले दर्शकहरुको मनमा एकप्रकारको मिठो सम्झना छोड्ने निश्चित छ किन कि गीतको भिडियो हेरेर नै हेर्ने दर्शकहरुले आयुबको अभिनयको प्रशंसा गरिसकेका छन । आयुबको साथमा फिल्ममा अश्लेषा ठकुरी¸सारुक ताम्राकार र नया नायिका कुशुम गुरुङ ले अभिनय गरेकि छिन र यो फिल्म यहि भाद्र १५ गते रिलिज हुदैछ ।
Comments are closed.