Nepal's First Video FM

मोरङमा खुकुरी प्रहार गरि श्रीमतीको हत्या

654

माघ २८, मोरङको पथरीशनिश्चरेमा शनिबार राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन ।

You might also like

Comments are closed.