साउन २७, केही दिनयता लगातारको वर्षाले सडकमा पहिरो खस्दा अाइतबार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ । बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा अाइतबार बिहान साढे ६ बजे तिर पहिरो खस्दा सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । बन्द सडक डोजरको सहयताले खुलाउने प्रयास भइरहेकोे छ ।
Comments are closed.