साउन २७, आउदो भदौ १ गते देशभरका हलहरुमा एकै साथ प्रदर्शनको तयारीमा रहेको सेक्स मनोबिज्ञान सम्बन्धि बनेको पहिलो नेपालि चलचित्र हो ‘मिस्टर भर्जिन’ ।
चलचित्रको प्रमोशनका लागि पूर्वमा आइपुगेका चलचित्रका नायक कमलमणि नेपाल (खुपिका बाउ), नायक गौरव पहारि र नायिका मरिस्का पोखरेल साथै निर्माता प्रजापति शिवाकोटीले चलचित्रमा यौनकुण्ठालाई कलात्मक रुपमा प्रस्तुत गरिएको जानकारी दिए ।
यौनका विषयमा बनेको चलचित्र भएपनि छाडा नभएर यौनका विषयमा जानकारी र हास्य प्रदान रहेको समेत चलचित्र प्रमोशन टोलीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नजिकिदै गरेको प्रदर्शन मितिलाइ मध्यनजर गर्दै अहिले ‘मिस्टर भर्जिन’ टिम देशव्यापी प्रचारप्रसारमा दौडधुप लागिपरेको छ ।
यस्तै क्रममा चलचित्र ‘मिस्टर भर्जिन’ टिमले पूर्वको यात्रालाइ सफल बनाउन इटहरीमा पत्रकार सम्मेलन साथै हजारौ दर्शकमाझ धमाकेदार रोड शो गरेको थियो । चलचित्रका मुख्य कलाकार कमलमणि नेपाल ‘मिस्टर भर्जिन’ नाम सुन्दा अनौठो लागेपनि पारिवारिक वातारणमा हेर्न सकिने यौन मनोविज्ञान समेटीएको चलचित्र रहेको साथै यौन मानबिय जिबनमा नितान्त आबस्यक हुन्छ, यसलाई आफुले कसरि लिने भन्ने कुरामा भर पर्छ’ भन्छन ।
इटहरीमा हजारौ दर्शकमाझ मिस्टर भर्जिन टिमले रोड शो पनि गरेको थियो । देशभर फिल्म प्रमोशन गर्दै हिडेको मिस्टर भर्जिन टिमलाइ अहिलेकी चर्चित मोड़ल तथा युट्युबर शोनिका रोकायाले सहयोग पुर्याई रहेकी छिन् ।
शो मा फिल्मका कलाकार तथा निर्माताले मिस्टर भर्जिनको बारेमा प्रचार प्रचार गर्दै नराम्रो फिल्म हैन त्यसैले सबैले हाल पुगेर फिल्म हेर्दिन आग्रह गरे भने हट मोडल शोनिका साथै कलाकारहरुको साथमा डान्स क्रुले समेत नृत्य देखाएका थिए ।
हेर्नुस फिल्मका मुख्य कलाकारहरु गौरब पहारी, मरिष्का पोख्रेल, कमलमणि नेपाल र निर्माता प्रजापति सिवाकोटी संग गरिएको रमाईलो गफ । भिडियो;
Comments are closed.