Nepal's First Video FM

पुर्व सांसद राणाको निधनमा शोक प्रस्ताव पारित, प्रतिनिधीसभाको बैठक २८ गते सम्मका लागी स्थगित

749

साउन २७, प्रतिनिधिसभाको आइतबारको बैठकले नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य तथा सांसद भरत शम्शेर राणाको निधनमा शोक प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गरेको थियो । बैठकले उनको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।

राणा विसं २०१५को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्का तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वा्चित भएका थिए । उनि नेपालको प्रथम संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता समेत थिए ।

नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य राणाको ९१ वर्षका उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातबाट निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २८ गते अपराह्न १ बजे बस्नेछ ।

नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतसमशेर राणाको निधनमा तीन दिन झण्डा आधा झुकाउने भएको छ । केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आइतबार बसेको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राणाको निधनप्रति दुःख व्यक्त समेत गरेको छ ।

काँग्रेसले यही साउन २७, २८ र २९ गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । भोलि सोमवार केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औँ दिन आगामी भदौ ६ गते केन्द्रीय कार्यालयमै शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

राणाको हिजो ९० वर्षको उमेरमा निधन भएको थियो । राणा २०१५ सालको चुनावपछि वीपी कोइराला प्रधानमन्त्री हुँदा गोरखा दलका तर्फबाट विपक्षी दलका नेता थिए ।

स्वर्गीय राणाले लोकतन्त्र र गणतन्त्र मार्फत समाज परिवर्तन गर्न सकिन्छ भनेर र्पुयाएका योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसको विज्ञप्तीमा उल्लेख छ ।

You might also like

Comments are closed.