माघ २८, महानगरीय प्रहरी प्रभागले काठमाडौँको नागढुङ्गाबाट लागुऔषधसहित नृपकुमार साहलाई आइतबार बिहान पक्राउ गरेको छ ।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ६५९६ नंको यात्रुवाहक बस जाँचका क्रममा ९ सय एम्पुल लागुऔषधसहित बहोदरामाई नगरपालिका पर्साका २२ वर्षीय साहलाई पक्राउ गरिएको प्रभागका प्रमुख केशवराज भट्टले जानकारी दिए ।
अभियुक्त साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको प्रभागले जनाएको छ ।
Comments are closed.