Nepal's First Video FM

८ किलो अवैध मुगासहित ठमेलस्थित होटल काठमाडौं इकोबाट ३ जना पक्राउ

969

साउन २७, काठमाडौंको ठमेलस्थित होटल काठमाडौं इकोबाट ८ किलो भन्दा बढी अवैध मुगा सहित तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा एमन नागरिक अल अस्री मोहम्मी याहाया सहित मुगु स्थायी घर भएका ग्याल्पु तामाङ र जुम्ला सिजाका नबिन चौलागाई रहेका छन् ।

होटल काठमाडौं इकोको कोठा नम्बर १०५ मा बस्दै आएका यमन नागरिक सहित अन्य दुई मुगा कारोबारीलाई शुक्रवार नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि राजस्व कार्यालय हरिहरभवन पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

प्रहरीले मुगा कारोबारीहरुको साथबाट ८ किलो ४६ थान मुगा, ५ हजार दुई सय तिन अमेरिकी डलर, १४ हजार यमनको मुद्रा, ७ सय भन्दा बढी इजिप्टका मुद्रा, ५ सय चिनीया युआन, थाईल्याण्ड, कतार, सुडान र ओमनको मुद्रा बरामद गरेको छ ।

You might also like

Comments are closed.