Nepal's First Video FM

स्थानीय सरकारले जथाभावी कर असुली गरेको उद्योग वाणिज्य महासंघको आरोप

918

साउन २७, नेपाल उद्योग वाणिज्य महासंघले स्थानीय सरकारले जथाभावी कर असुली गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासंघकी अध्यक्ष भवानी राणाले-‘मुलुकको समृद्धिको मुख्य आधार कर भएको उल्लेख गर्दै त्यसलाई सहज बनाउन पनि सरकारसँग आग्रह गरे ।’

अध्यक्ष राणाले चीन र भारतले कर प्रणालीलाई सहज बनाएकै कारण आर्थिक वृद्धिदरलाई तीव्रता दिएको उल्लेख गर्दै सरकारले पनि सोही अनुसारको व्यवस्था गर्न ढिलाई गर्न नहुनेमा जोड दिए । उनले मुलुकको समृद्धिका लागि सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

मुलुकको समृद्धिका लागि उत्पादनशील क्षेत्रमा लगानी गर्न पनि निजी क्षेत्र लागि परेको समेत अध्यक्ष राणाले दावी गरे । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले व्यवसायीलाई पीडा बोध नहुने गरी कर असुली गर्न सरकारको गम्भिर ध्यानार्कषण गराए ।

अध्यक्ष शर्माले मुलुकको समृद्धिका लागि स्रोतहरुको कमी नभएको स्मरण गराए । कार्यक्रममा निजी क्षेत्रको लगानीका लागि आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराइएको थियो ।

You might also like

Comments are closed.