साउन २७, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको बढ्दो प्रभावले नेपाल र भारतका जनता बीचको सम्बन्धमा कुनै प्रभाव नपर्ने दाबी गरेका छन् ।
चौथो विमस्टेक सम्मेलनका लागि दुई सातापछि नेपाल आउने तयारीमा रहेका प्रधानमन्त्री मोदीले भारतीय अंग्रेजी दैनिक द टाइम्स् अफ इण्डियालाई दिएको अनलाइन अन्तर्वार्तामा नेपाल भारतबीचको हजारौं वर्षदेखिको ऐतिहासिक, घनिष्ट, मित्रवत् र पारिवारिक सम्बन्धमा प्रभाव नपर्ने बताउनु भएको हो ।
नेपाल लगायत भारतका छिमेकी मुलुकमा चीनको बढ्दो उपस्थितिका बारेमा धारणा राख्दै अन्तर्वार्तामा उहाँले नेपालसँगको सम्बन्ध भगवान राम र सीता तथा बुद्धको जमानाको भएको उल्लेख गर्दै पछिल्लो समय सुरक्षा, व्यापार, लगानी र विकासलगायत क्षेत्रमा गरिएको बलियो साझेदारीले त्यो सम्बन्धलाई थप सुदृढ बनाएको बताए ।
विमस्टेक सम्मेलनमा सहभागी भएसँगै पाँच वर्षे कार्यकालमा उनको यो चौथो नेपाल भ्रमण हुनेछ ।
Comments are closed.