Nepal's First Video FM

माथिल्लो कर्णाली र अरुण-३ परियोजनामा बम विस्फोट

607

माघ २८, माथिल्लो कर्णाली र अरुण-३ परियोजनामा शनिवार राती बम विस्फोट भएको छ । माथिल्लो कर्णालीमा प्रेशरकुकर बम विष्फोट भएको दैलेखका जिल्ला प्रहरी प्रमुख डीएसपी सरोज पौडेले बताए ।

उनका अनुसार बम जिएमआरको कम्पाउन्ड बाहिर विष्फोट शनिवार राती पौने १० बजेतिर विस्फोट भएको थियो । उनले घटनामा मानवीय र भौतिक क्षती नभएको बताए ।

उता अरुण तेस्रोमा पनि गएराति बम विष्फोट भएको सूचना आफुहरुले पाएको संखुवासभा प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यलय संखुवासभाका इन्सपेक्टर बेद गौतमका अनुसार प्रहरी घटना स्थलतर्फ जाँदैछ ।

घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको हात रहेको हुन सक्ने बताइएको छ । यद्यपी, सो पार्टीले उक्त घटनाको औपचारिक जिम्मेवारी लिएको छैन ।

सो पार्टीका पोलिटव्यूरो सदस्य भरत बमले जनता र राष्ट्रका हित विरुद्धका आयोजनामा जनताले विरोध गर्दै आएको र यो पनि जनस्तरबाट कारवाही भएको बताए ।

सरकारले अरुण ३ भारतको एक सरकारी विद्युत उत्पादन कम्पनी र माथिल्लो कर्णाली भारतीय नजिक कम्पनीलाई निर्माणको ठेक्का दिएको छ । सरकारले अन्तराष्ट्रिय टेण्डर आव्हान गरेर ती दुई कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिएको थियो ।

You might also like

Comments are closed.