Nepal's First Video FM

अदालतमा हाजिर भए २ नम्बर प्रदेशका ‘फरार’ राज्यमन्त्री

547

साउन २८, प्रदेश नम्बर २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा महोत्तरी जिल्ला अदालत जलेश्वरमा उपस्थित भएका छन् । २०७२ भदौ २५ गते सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक (असई) थमन विकको हत्या अभियोग लागेका थिए ।

सोही मुद्दाका फरार अभियुक्त शर्मा सोमबार अदालतमा उपस्थित भएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र कुमार खड्काका अनुसार राज्यमन्त्री शर्मा सोमबार ११ बजेपछि अदातमा उपस्थित भएका हुन् ।

शर्मा कानुन व्यावसायी रमेशकुमार पाण्डेमार्फत निवेदन दिँदै अदालतमा उपस्थित भएका थिए । यस मुद्दामा १ः३० बजेदेखि बहस शुरु हुने बताइएको छ ।

शर्माको निवेदनमा अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफू अदालतसमक्ष उपस्थित भएको जनाएका छन् । यसअघि अदालतले परमादेश जारी गरेपछि राजपा नेपालका नेताहरुले प्रधानमन्त्री केपी ओली लगायतका नेताहरुसँग भेटेर कुराकानी गरेका थिए ।

You might also like

Comments are closed.