माघ २८, बिराटनगर । इलाका प्रहरी कार्यालय रानीले ‘घरेलु मदिरा नियन्त्रण अभियान’ अन्तर्गत ५ सय लि. मदिरा बरामद गरेको छ ।
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार रानी प्रहरी कार्यालयबाट खटिएको एक टोलीले शनिबार बेलुकीसम्ममा मोरङ जहदा-२ स्थित होटल र विभिन्न भट्टी पसल जाँच गर्ने क्रममा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण गरेको पाइएपछि मदिरासहित भाँडा वर्तन जफत गरेको छ ।
प्रहरीले उक्त स्थानबाट ६५ थान भाँडा बर्तन र करीव ४ हजार ७ लि. कच्चा पदार्थ (जाँड) बरामद गरेको छ ।
Comments are closed.