Nepal's First Video FM

चरेश कारोबार गर्दै गर्दा लाजिम्पाटबाट ६ जना पक्राउ

775

महानगरीय प्रहरी वृत्त दरबामार्गले अवैध लागुऔषध १० किलोग्राम चरेशसहित छ जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले अाइतबार साँझ लाजिम्पाट क्षेत्रमा चरेश कारोबार गर्दै हिँडिरहेको अवस्थामा बाग्लुङका २४ वर्षीय रोजन छन्त्याल र सुजन मगर, काभ्रेका २३ वर्षीय राम मगर, काठमाडौँका २० वर्षीय विशाल मगर, कास्कीका २७ वर्षीय सञ्जय सुवेदी र रोल्पाका ३४ वर्षीय शेरबहादुर पुनमगरलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले अवैधरुपमा चरेश बिक्री वितरण गर्न हिँडिरहेको अवस्थामा शङ्का लागेर शरीर खानतलासी गर्दा उक्त चरेश फेला पारिएको जानकारी दिनुभयो । मल्लले पक्राउ परेकाले कहाँबाट ठूलो परिमाणमा चरेश ओसारपसार भइरहेको छ भन्नेबारेमा अनुसन्धान भइरहेको बताउनुभयो ।

You might also like

Comments are closed.