Nepal's First Video FM

चर्चित गायिका जानकी तारामी मगरको तिज कोसेली ‘माइतीको सम्झना’मा पार्वतीको बबाल डान्स (भिडियोसहित)

1,322

तिज नजिकिँदै आएपछि नेपाली चेलीहरु राताम्यै भएर आफ्ना मनका बह पोख्ने गर्छन् भने नाच्दै सारी फरर पार्ने रहर पूरा गर्छन् । वर्षभरिको दुःख, सुखलाई तिजमा पोख्ने गरेका चेलीहरुलाई सम्झना माइतीको आएपछि अझ बढी वेदनाका गीतहरु बजारमा आउने गर्छन् ।

प्रत्येक बर्षको तिजमा सुमधुर तथा नयाँ नयाँ गीत पस्किदै आएकी चर्चित लोक गायिका जानकी तारमी मगरले यसपटक पनी तिज गीत बजारमा ल्याएकी छन् । गीतमा जानकी तारामी मगरको शब्द, संगीत र स्वर रहेको छ ।

उक्त सार्वजनिक भिडियोमा चर्चित मोडेल पार्वती राईको नृत्य हेर्न सकिन्छ । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने छायाकन कारण चैसिरको रहेको छ । भिडियो सम्पादन नविन घर्ति मगरले गरेका हुन् । हेर्नुस भिडियो;

You might also like

Comments are closed.