Nepal's First Video FM

ह्याप्पी रेकर्डको प्रस्तुति “तिम्रो ल्याङ्ग ल्याङ्ग”को भाग-६ सार्बजनिक :-सुमनलाई भेटियो अर्कै केटि संग

691

माघ २८,  ह्याप्पी रेकर्डको प्रस्तुति “तिम्रो ल्याङ्ग ल्याङ्ग” नामक युवापुस्ताको जिवनीका साथै जिवन जिउन सिकाउने बिषयबस्तु जोडेको युटुब टेलिसिरियल ह्याप्पी रेकर्ड नेपालको युटुब च्यानल मार्फत आब  भाग-६  हेर्न सकिने भएको छ । छोटो समयमा चर्चा बटुल्दै गएको “तिम्रो ल्याङ्ग ल्याङ्ग”को आगाडीको भागहरु दर्शकमाझ निकैनै लोकप्रिय बनेको छ । भाग-५  पनि निकैनै उत्कृस्ट रहेको थियो ।

सुजन मानन्धरको निर्देशनमा बनेको सिरिजमा ब्याग राउण्ड स्कोर रिकेश मानन्धर रहेको छ । सुलब महर्जनको छायांकन रहेको सिरिजमा सुमन चित्रकार श्रेष्ठ , एरिना गुरुङ , सपना तामाङ , सिरन बज्चार्य आदि मुख्य भुमिका रहेको छ । दुई जोडी बीच हुने रमाइलो प्रसङ्गहरुका साथ् साथै युवा अवस्थाको प्रेम सम्बन्धमा निम्तिने हरेक प्रकारका समस्याहरुको पनि यसमा चित्रण गरिने जानकारी निमार्ण टिमले दिएको छ । भाग-५ निकैनै रुचाइएको थियो जस्मा सुमन हराएका थिए अब भने यस भागमा सुमनलाई देख्न सकिने छ तर अरुनै कोई केटिसंग र उनिको हुन् थाहा पाउनको लागि हेर्नुहोस् “तिम्रो ल्याङ्ग ल्याङ्ग”को भाग-६ ।

हालै सार्बजनिक गरिएको भाग-६ पनि दर्शकद्वारा निकैनै रुचैएको छ । यस भागमा पनि ह्याप्पी रेकर्डले कुइज प्रतियोगिता जारी राखेको छ जसमा एउटा प्रस्न सोधिने छ , त्यसको उत्तर मिलाउने भाग्यशाली २ जनालाई “तिम्रो ल्याङ्ग ल्याङ्ग” टिमसंग भेटेर डीनर गर्ने मौका मिल्ने छ र पुरस्कार पनि वितरण गरिने छ । यस हप्ता को प्रस्न थाहा पाउनको लागि तल राखिएको भीडीयो हेर्नु पर्नेछ ।

“तिम्रो ल्याङ्ग ल्याङ्ग”लाई स्पन्सर नेप्कम्स सर्विसले गरेको छ , मीडिया पार्टनरमा सिटिजन एफएम ९७.५(citizen FM), फिल्मीजूम, पर्देसी न्युज रहेका छन् भने एसएमएस पार्टनर स्प्यारो एसएमएस रहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.