Nepal's First Video FM

देशका सुपरहिट कलाकारहरुले एक साथ् निकाले यस बर्षको तीज गीत “बुलाकी” (हेर्नुहोस)

1,574

कमल सरगम,काठमाण्डौ।नेपाली नारीहरुको महानपर्व हरितालिका तीज २०७५ को शुभकामना सहित बहुचर्चित सर्जक श्रीकृष्ण बम मल्लको लय तथा शब्द सृजनामा लक्ष्मी मल्लको तीज कोशेली “सेल्फी-४ “बुलाकी”बजारमा आएको छ।

चर्चित सर्जक बसन्त थापा,श्रीकृष्ण बम मल्ल ,लक्ष्मी मल्ल र ललिता पौडेलको सुमधुर आवाजमा सुसजित गीतको भिडियो विन्ध्यवासिनी म्यूजिक प्रालिले लगानी गरेको हो।महँगो लगानीमा तयार भएको उक्त भिडियो उत्कृष्ट बनेको विन्ध्यवासिनी म्युजिकका संचालक सुबास रेग्मीले लालिगुराश डटकमलाइ जानकारी दिनुभयो।

चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियोको छायांकन भने अजय रेग्मीले गरेका हुन्।दिपक बिष्टको छायांकनमा तयार भिडियोमा अभिनय भने चर्चित तथा अहिलेका व्यस्त मोडल दुर्गेश थापा र लोसिना एल सीको रहेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।भिडियो सहित :

You might also like

Comments are closed.