Nepal's First Video FM

‘लण्डनमा’ साम्राज्ञी र धिरज बाँधिदैछन् बन्धनमा (भिडियोसहित)

1,472

साउन २९, ‘उडायो हावाले’को सफलता पछि बर्षको प्रतिक्षित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को दोश्रो गीत रिलिज गरिएको छ । ‘लण्डन’मा बोलको पप गीतमा नव नायक धिरज मगर प्रस्तुत छन् भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई केही झलक देख्न सकिन्छ ।

सुजिल कर्मचार्यको शब्द तथा स्वर रहेको गीत नविन किशोर राई र कुमार बस्नेतको दन्तैमा बाट प्रभावित भइ तयार गरिएको हो । रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ टिजर रिलिजसँगै चर्चामा छ ।

फिल्ममा साम्राज्ञी र धिरजसँगै नायक शारुक ताम्रकार, दिल भुषण पाठक, रुवी राना, विजय लामा, सुनिता ठाकुर श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई प्रभु सम्शेर रना र प्रज्ज्वल शमशेर रानाले निर्माण गरेका छन्। चलचित्र असोज ५ गतेबाट रिलिज हुदैछ । हेर्नुस भिडियो;

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.