Nepal's First Video FM

विश्वकै होचो व्यक्ति खगेन्द्र थापा मगर सम्मानित

1,000

माघ २८, विश्वकै होचो व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरलाई आइतबार सम्मान गरिएको छ । नेपाल-भारत आदिवासी जनजाति संघले आइतबार आयोजना गरेको कार्यक्रममा उनलाई राई स्कूलका प्रमुख कृपी पाण्डेले सम्मान गरेका थिए ।

सम्मान गर्दै पाण्डेले भने- खगेन्द्रले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको पहिचान गराउन सफल भएकाले राज्यले उनको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । संघका अध्यक्ष विनोद गुरुङले आर्थिक रुपमा निकै कमजोर खगेन्द्रलाई सबैले उहाँलाई सहयोग र सम्मान गर्नुपर्ने बताए ।

You might also like

Comments are closed.