Nepal's First Video FM

एनसेलले ल्यायो मिदास ईक्लास सेवा

1,056

एनसेल प्रा.लिले मिदास एजुकेसन प्रा.लिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ल्याएको छ । यो सेवाको सुरुवात सँगै अब एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासका लागि श्रव्य÷दृष्यमा आधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो संग्रहबाट लाभ लिन सक्नेछन् ।

मिदास ईक्लास मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो । यहाँ उपलब्ध हुने पाठ्यक्रमहरु श्रव्य÷दृश्यमा आधारित र अन्र्तक्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुची पूर्वक सिक्न सक्छन् । यस सेवामा प्लेगु्रप देखि कक्षा दश सम्ममा अध्ययन गर्ने विद्यार्थीहरुका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्रीहरु, गेम्स् तथा अभ्यासहरु रहेको छन् ।

गत सोमबार श्रावण २८ गते देखि एनसेलका ग्राहकले यो सेवा प्रयोग गर्न सक्नेछन् । जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द«ले प्रमाणित गरेको शैक्षिक सामग्रीहरु जस्तै विषेश भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठहरु लगायत अन्य शैक्षिक सामग्रीहरु डाउनलोड गर्न सक्नेछन् ।

गाहकले गुगल प्लेस्टारेबाट यो एप सजिलै डाउनलोड गर्न सक्नेछन् र आफ्नो एनसेलको नम्बरबाट यस एपमा दर्ता गरी एप चलाउन सक्नेछन् । यस एप मार्फत ग्राहकले आफ्नो आवश्यकता अनुसार यस सेवा भित्र रहेका कुनै पनि कक्षाका विद्यार्थीका लागि उपयुक्त योजना सुचारु गर्न सक्नेछन् ।

मिदास ईक्लास सदस्यतामा आधारित सेवा हो । जसअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा मासिक मध्य कुनै पनि सेवा योजना सुचारु गर्न सक्नेछन् । दैनिक योजना सुचारु गर्न रु ११.९६ (कर सहित शुल्क रु १५.२६) शुल्क रहेको छ । त्यसैगरी साप्ताहिक योजनाको रु ५५.८१ (कर सहित रु ७१.२६) र मासिक योजनाको रु १९९.३१ (कर सहित रु २५४.५०) शुल्क तोकिएका छन् ।

मिदास एजुकेसनसँगको सहकार्यमा विद्यार्थीहरुका लागि डिजिटल लर्निङ् ल्लेटफर्म संचालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको र विद्यार्थीको शैक्षिक विकासका लागि यसले ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । यो नविन सिकाई पद्धतीले डिजिटल नेपालको निर्माणमा पनि योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

एनसेलका ग्राहकले यो सेवा सुचारु गरेको दिन देखि एक हप्तासम्म निःशुल्क प्रयोग गर्न सक्नेछन् । एप डाउनलोड तथा एपमा रहेको शैक्षिक सामग्रीहरु प्रयोग तथा डाउनलोड गर्दा विद्यमान् डेटा शुल्क लाग्नेछ । एप मार्फत सेवा सुचारु गरेपछि ग्राहकले वाईफाई मार्फत पनि आवश्यक भिडियो कन्टेन्ट डाउनलोड गर्न सक्नेछन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.