साउन ३०, गयराति परेको बर्षाका कारण काठमाण्डौका विभिन्न स्थान डुवानमा परेका छन् । काठमाडौंको बागमती, विष्णुमती, धोविखोला, रुद्रमती लगायत नदीमा आएको बाढीले विभिन्न ठाउँ डुबानमा परेका हुन् ।
बाढी बस्तिमा पसेपछि अमाननगर, घट्टेकुलो, गौशला, सिनामंगल, कालोपुल, गुहेश्वरी लगायतका क्षेत्र डुबानमा परेका हुन् । बाढी घर भित्रै पसेपछि दजनौं परिवार विस्थापित भएका छन् । घरको तल्लो तलामा रहेका भाडकुडादेखि ओड्ने ओछ्याउने समेत डुवाएपछि स्थानीयको भागाभाग भएको थियो ।
राती करिब २ बजेतिर धोवीखोला बस्ति क्षेत्रमा पसेपछि अनामनगर र घट्टेकुलो क्षेत्रको नदि किनार नजिकका बासिन्दाहरु डुवानको चपेटामा परेका छन् । अहिले डुवानमा परेका समानहरु निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएकको छ ।
केही पसल समेत डुबानमा परेकाले लाखौंको क्षति भएको व्यवसायीले बताएका छन् । खोलामा फोहोर फाल्ने, खोलामा जम्मा भएको बालुवा सफा नगर्ने कारणले गर्दा हरेकवर्ष धोवीखोलाको बाढीले आसपासको बस्ती डुबानमा पर्ने गरेको छ।
यस्तै बाढीका कारण बुढानिलकण्ठ नगरपालिका १३ नयाँबस्ती दोभानस्थित चियाने खोलामा नजिक रहेको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ । २०/२५ घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
बाढीका कारण सिनामंगलमा रहेको सुकुम्बासी बस्ती समेत डुबानमा परेको छ । कालोपुल आसपासको क्षेत्र र गुहेश्वरी क्षेत्र समेत डुबानमा परेको प्रहरीले जनाएको छ । गौशालामा रहेको गंगाहिटी तरकारी बजार समेत डुबानमा परेको छ गौशला प्रहरीले जनाएको छ ।
Comments are closed.