Nepal's First Video FM

होस्टेलको छतबाट खसेर ४ बर्षिया बालिकाको मृत्यु

1,058

साउन ३०, काठमाडौंको बानेश्वरस्थित एक होस्टलको छतबाट खसेर ४ बर्षिया बालिकाको ज्यान गएको छ ।

प्रयोग मार्गस्थित ओम शान्ती होस्टेलको तेस्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णको ४ वर्षीया छोरी साक्षीकुमारी कर्णको मृत्यु भएको हो ।

छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी कर्णको नागरिक अस्पताल मीनभवनमा उपचारको क्रममा मृत्यु भएको हो । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

You might also like

Comments are closed.