साउन ३०, सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गरिरहेका महिलाले अब ९८ दिन सुत्केरी विदा पाउने भएका छन् । मौलिक हक कार्यान्वयनका लागि कानुन बनाउने क्रममा संसदमा पेश भएको सुरक्षित मातृत्व सम्बन्धी विधेयकमा सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बुधबार संसदमा सैद्धान्तिक छलफलका लागि पेश गरेको उक्त विधेयकमा धारणा राख्दै सांसद पुष्पा भूषालले विधेयकको यो प्रावधान सुरक्षित मातृत्व संरक्षणका लागि अत्यन्तै महत्वपूर्ण भएको बताए ।
सांसद शशी श्रेष्ठले विधेयकमा धेरै राम्रा कुरा रहेको उल्लेख गर्दै कानुन कार्यान्वयमा जोड दिइन् । विधेयकमा चिकित्सकको सिफारिस भएमा थप एक महिना सुत्केरी सुविधा पाउने व्यवस्था गरिएको छ । संविधानको धारा ३८ मा महिलाको हक अन्तर्गत सुरक्षित मातृत्व सम्बन्धी व्यवस्था गरिएको छ ।
Comments are closed.