Nepal's First Video FM

आजै पार्टी अध्यक्ष बन्दै प्रचण्ड ओली बन्ने भए प्रधानमन्त्री र सर्बोच्च नेता !

537

माघ २८, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने पक्काजसतै भएको छ । पद बाँडफाँडमा कुरा नमिलेपछि अल्झिएको एकताका विषयमा एमाले उपाध्यक्ष बामदेव गौतमले नयाँ विधान अगाडि सार्दै पार्टी एकता गर्ने प्रयास गरेका हुन् ।

बामदेवको विधानअनुसार केपी ओलीले प्रधानमन्त्रीको कुर्सीसहित पार्टी एकतापछि वरिष्ठ नेता पाउने छन् ।

त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी अध्यक्षको पद दिने प्रस्ताव बामदेवको विधानमा रहेको उच्च स्रोतले बताएको छ ।

पछिल्लो समय पार्टी एकताका विषयमा अनेक चर्चा परिचर्चा भइरहँदा बाम एकताका मुख्य योजनाकार बामदेवले एकताको नयाँ सूत्र ल्याएका हुन् ।

बामदेवको यो प्रस्तावले एमालेमा भने फेरि तरंग ल्याउने बुझिएको छ ।

शनिबारमात्रै पद बाँडफाँडमा अलमल देखिएपछि प्रचण्डले गृहजिल्ला चितवनमा ‘नयाँ फड्को हान्न सक्ने’ जनाउ दिएपछि रातारात बसेर बामदेवले नयाँ कुर्सीको व्यवस्था गरेको बुझिएको छ ।

के होला एकता ?
यो एकताको विषयले मुलुकको राजनीतिलाई नै निकै गर्माएको छ । बामगठबन्धनमात्र भएको र पार्टी एकता नभएको भन्दै अहिलेको काम चलाउ सरकारले कसको सरकार बन्ने स्थिति छ र समय अगावै राजीनामा ? भन्दै आएको छ ।

त्यसैगरी एकताका विषयमा एमाले र माओवादीबीच गम्भीर वार्ता नहुँदा समस्या अझ बढेको हो ।

बामदेवको यो नयाँ प्रस्तावले वार्ताको ढोका फेरि खोलेको छ । तर यसलाई अझ बढी गम्भीर भएर हेर्नुपर्ने औंल्याइन्छ ।

के हुने अरु नेताको वरियता ?
समस्या पदकै रहेको छ । ओलीलाई पहिलो र प्रचण्डलाई दोस्रो स्थानमा राख्दा पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखको हैसियतले माधवकुमार नेपाल र झलनाथ खनाल तेस्रो वरियतामा रहने देखिन्छ ।

तर यही स्थितिमा बामदेव र माओवादीका नारायणकाजी श्रेष्ठ अनि कृष्णबहादुर महरा र रामबहादुर थापा बादलको अवस्था के हुने भन्ने अन्योल छ ।

त्यसैगरी पार्टी एकता नभएका खण्डमा एमालेको नेतृत्व लिन तयार देखिएका वर्तमान महासचिव ईश्वर पोखरेलको अवस्था के हुने भन्ने अर्को प्रश्नसमेत खडा भएको छ ।

एमालेमा कस्तो असन्तुष्टि
एमालेमा अहिले नयाँ असन्तुष्टि जन्मिएको छ । त्यो हो प्रचण्ड र बामदेव मिलेर पार्टीलाई समाप्त पार्न सक्ने ।

एमालेका अहिलेका दोस्रो वरियताका नेताहरुमा यो संसय पैदा भएको छ । उनीहरुले बामदेव र प्रचण्डको सेटिङ पहिलेदेखि भएको स्पष्ट पार्दै पार्टीलाई नै कब्जा गर्न सक्ने शंकासमेत गरेका छन् ।

You might also like

Comments are closed.