साउन ३०, सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।
अघिल्लो पटक ओली सरकारले प्राधिकरणको सीआईओ बनाएको ज्ञवालीलाई प्रचण्ड सरकारले हटाएको थियो । प्रचण्ड सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै ज्ञवाली अदालत पुगेका थिए ।
Comments are closed.