मेष राशिः
मेष राशि हुनेहरुको लागि अाजकाे दिन वाणीमा कुशलता आउने योग परेको दिन छ । बोलीवचन एवं प्रवचन–भाषण आदिको प्रभाव बढ्न थाल्ने छ । केही खर्चको बाबजुत व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसैकसैलाई परदेशी घर फर्कने र घरपरिवारमा रमाइलो वातावरण छाउने छ । औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्ने छ । अाज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि अाजको दिन यहाँको लागि राहतपूर्ण रहेको छ । स्वजनबाट सहयोग मिल्नेर सुखशान्ति एवम् समृद्धि बढ्ने देखिन्छ । तुलनात्मक रुपमा दिन अनुकूल रहेकोले व्यवसायिक प्रगति हुने तथा लाभ एवम् सफलता मिल्ने देखिन्छ । खुशीयाली छाउने र सहकर्मी तथा साथीभाईबाट सम्मान तथा समर्थन एवम् सहयोग प्राप्त हुनाले सन्तोषले शान्ति मिल्ने छ । नयाँ उद्यम तथा व्यवसायको बारेम सोँच–विचार एवम् लगानीको गर्ने प्रस्ताव वा विचार आउनसक्नेछ ।अाज यहाँलाई एक अंक, रातो रङ्ग उपयोग गर्नु र पुरुषोत्तम भगवानको स्तुति उपाशना तथा श्रद्धाभक्ति गर्नु फापकर हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि अाजको दिन सजिलोसँग काम भइहाल्न अल्लि गार्हो पर्ने देखिएको छ । आकस्मिक रुपमा खर्चका बहानाहरु बढ्ने र काममा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्नपर्ने हुनसक्ने छ । अपेक्षित काममा सोँचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्नसकिएला । केही हैरानीको बाबजुत पनि नियमित कार्यमा आंशिक लाभ मिल्नेछ भने योजनाभित्र नरहेको काम बनेर आर्थिक लाभ हुनसक्ने कुरालाई भने नकार्न सकिन्न । मान्यजनलाई भेट्गर्नको लागि यात्रा गर्नु, व्यवहारिक भूमिका निर्वाह गर्नु आदिमा खर्चको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । भगवान पुरुषोत्तमको दर्शन भक्ति गर्नु यो राशिका विद्यार्थीको लागि अाज विशेष शुभकर हुनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि अाजको दिन अनुकूल देखिएको छ । केही अड्चनको बाबजुत पनि व्यवसायिक क्षेत्रबाट लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने तथा परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिने छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिनसकिने छ । प्रेम वा विवाहको प्रस्ताव आउनसक्ने छ । समर्थक तथा सहयोगी बढ्ने र प्रशंसा पनि मिल्ने छ । कर्मक्षेत्रमा सफलता हातपार्न सकिने छ । अाज यहाँलाई दुई अंक, सेतो रङ्ग शुभ हुनेछ भने कामकार्यमा आउने अड्चनको निवृतिको लागि भगवान पुरुषोत्तम नारायणको श्रद्धाभक्ति उपाशना गर्नु सफलताकारक हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि अाज दिन गोचरले राम्रो साथ दिएको छ । दीगो कार्यको थालनीको विषयमा विचारविमर्श एवं योजना गर्न सकिने छ । तथापि बढी चासो दिएको काममा भने अबरोध आउनसक्ने छ । आफन्तीहरुको सहयोग मिल्ने हुनाले महत्त्वपूर्ण कार्य सम्पादन गर्नसकिने छ । वरिष्ठवर्गसँग संपर्क स्थापित हुनाले केही महत्त्वाकांक्षी मनोविज्ञान बढ्ने पनि सम्भावना देखिन्छ । व्यवसायले प्रसिद्धि पाउने छ । राजनीति, समाजसेवा तथा नोकरी आदि क्षेत्रमा क्षणिकरुपमा प्रतिष्ठा तथा जिम्मेवारी थपिनसक्ने छ भने उपयुक्त मानसम्मान प्राप्ति हुनेछ ।अाज यहाँलाई एक अङ्क, रातो तथा हरियो रङ्गको प्रयोग र भगवान विष्णु पुरुषोत्तमको भक्ति उपाशना गर्नाले विशेष चासो दिएको काम बनाउन सकिने छ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि अाजको दिन मनमा धर्मकर्म तथा अध्यात्मिक आस्तिक भावना बढ्ने छ । धार्मिक कार्य सम्पादन गर्नसकिने छ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । अाज तपाईलाई नौ अंक पहेलो रंगको प्रयोग र धार्मिक आश्रम आदिलाई सहयोग गर्नु शुभप्रद हुनेछ भने विद्वान गुरुजनको आर्शिवाद लिनु हितकर हुनेछ ।
तुला राशिः
तुला राशिहुने हरुको लागि अाजको दिन विपरित महसूस हुनसक्ने छ । बोलिचाली एवं जनव्यवहारमा सोँचविचार र सावधानी अप्नाउनु पर्ने देखिएको छ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन परिशानी आदि स्थिति सृजना हुनसक्ने गोचरको प्रभाव छ । अपेक्षा गरिएको तथा प्राप्त भएको आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या रहनसक्ने छ । दीर्घरोगीहरुले विशेष ध्यान गर्न जरुरी छ । उपर्युक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै सोँचविचार नभएको काम बनेर केही राहत मिल्नेछ ।अाज यहाँले गुरुजन तथा इष्टदेवको श्रद्धाभक्ति बढाउनु शभदायक हुनेछ ।
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि अाजको दिन रङ्गराग एवं आमोद–प्रमोदको ईच्छा बढाउने गोचर छ । कसैकसैलाई गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने छ, होस पुर्याउनु जरुरी देखिन्छ । सोँचेजति नभएपनि केहीहद्सम्म व्यवसाय तर्फ उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा सामेल हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ तर, सावधानी अप्नाउनु उचित हुनेछ । प्रेमप्रसङ्गमा असमझदारी आउनसक्ने छ । भोलि यहाँको लागि सात अंक, सेतो रङ्गको प्रयोग गर्नु फापकर हुनेछ भने भगवान पुरुषोत्तमको स्तुति आराधना गर्नु शुभप्रद हुनेछ ।
धनु राशिः
धनु राशि हुनेहरुको लागि भोलिको दिन बढी ईच्छाएको काममा अबरोध आउने देखिन्छ रपनि अर्थकर रहनेछ । शारीरिक एवम् मानसिक बलबृद्धि हुनेछ । सहयोगी बढ्ने, विपक्षीलाई रिझाउनसकिने छ । रपनि फुर्तिफार्तिमा अल्लि संयम गर्नुपर्ने देखिएको छ । अन्यथा बोलिपासो हुनपनि सक्ने छ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । श्री लक्ष्मीको कृपायोग परेकोले अर्थलाभ हुनेछ । सफलता एवम् लाभको कारण कर्मक्षेत्रमा क्रियाशील हुन थप हिम्मत र साहस बढ्ने छ । यहाँको लागि अाज छ अङ्क, हरियो रङ्गको प्रयोगको साथमा भगवान पुरुषोत्तमको श्रद्धाभक्ति एवं उपाशना गर्नु शुभप्रद हुनेछ ।
मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि अाजको दिन अर्थकर रहनेछ । रपनि विशेष कार्यमा अबरोध सृजना हुनसक्ने देखिन्छ । शारीरिक एवम् मानसिक बलबृद्धि हुनेछ । सहयोगी बढ्ने छन् बुद्धिले विपक्षीलाई रिझाउनसकिने आम जनमानसलाई प्रभाव पार्न सकिने छ । विद्यार्थीहरुलाई अध्ययनमा सुधार आउनेछ । नीति तथा सैद्धान्तिक क्षेत्रमा माथिल्लो पक्षको आड लिएर अघि बढ्नु पर्ला । अाज तपाईको लागि पाँच अंक, रातो रंगको प्रायेग र भगवान सूर्यनारायणको साथमा भगवान पुरुषोत्तम नारायणको सेवाआराधना गर्नु हितकर हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि अाजको दिन पारिवारभित्र तथा स्वजन र छिमेकीसँग असमझदारी बढ्नसक्ने छ । कामकार्यमा अबरोध आइलाग्न सक्ने हुनाले संयम र होसियारी अप्नाउनु बुद्धिमानी हुनेछ । विद्याको घमण्ड गर्दा तथा वाकचतुर्याई गर्न खोज्दा आफैलाई हानी हुने सम्भावना छ ख्याल पुर्याउनु होला । समझदारी हुन गार्हो देखिएकोले वार्ता निस्कर्षहीन हुनसक्ने सम्भावना रहेको छ । दिन विपरित रहेकोले हतारमा होस गुमाउने र फुर्सदमा पछुताउने सम्भावना देखिन्छ, समयमै सावधनी अप्नाए सम्भावित पश्चातापबाट बच्नसकिने छ । शङ्काले लङ्का जलाउने जस्तो पर्नसक्छ निकै विचार पुर्याएर व्यवहार गर्नुहोला । धैर्यगर्नाले थोरै भएपनि उपलब्धि हात पार्नसकिने छ ।
मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि अाजको दिन शारीरमा बल तथा जाँगर बढ्ने र कामकाजमा मनग्य मनलाग्ने छ । परिश्रमले सफलता पनि मिल्नेछ भने नविन कार्ययोजनाको जमर्को हुन जानेछ । व्यवसायिक प्रगती तथा लाभ हुने र सन्तुष्टि मिल्नेछ । सहयोग पनि प्राप्त गर्नसकिने छ भने परिश्रमले सफल भैनेछ । प्रतिस्पर्धा तथा खेलकुद आदिमा विजय मिल्ने छ भने अभिष्ट कार्य सिद्धि हुनेछ । पुरुषार्थ गर्नसकिने छ भने सफलता आदिको कारणले केही महत्त्वाकांक्षा पनि बढाउने छ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउनेछ । आज तीन अङ्क, हरियो रङ्गको प्रयोग गर्नु फापकर हुनेछ भने भाइबहिनीलाई सहयोग गर्नुले विशेष महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । आज तपाईले पुरुषोत्तम नारायण भगवानको सेवा आराधना गर्नुले विशेष काममा आउने अबरोध निवृतिको लागि मद्दत हुनेछ ।
Comments are closed.