साउन ३१, कैलालीको टीकापुर घटनाका दोषी आरोपी सांसद रेशम चौधरीको मुद्धामा बिहिबार अदालतमा सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतले चौधरी विरुद्धको मुद्धामा बिहिबार पेशी तोकेको बताईएको छ ।
सुनुवाई हुने बेला चौधरीलाई पनि अदालत लगिने भएको हो । हाल काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका चौधरीलाई थरुहट र थारुवान आन्दोलनको क्रममा २०७२ भाद्र ७ गते आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा एक नाबालक सहित ७ जनाको ज्यान गएको घटनाको मुख्य दोषी भएको आरोप लगाइएको छ ।
सोही घटनामा एक नाबालक, सांसद चौधरी सहित २६ जनालाई विभिन्न मुद्दामा पुर्पक्षको लागि कारागार चलान गरिएको छ । एक नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ ।
उनीहरू विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ । घटनामा सग्लन भएको आशंका गरिएका अरु २० जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
Comments are closed.