Nepal's First Video FM

सडक दुर्घटनामा २७ को मृत्यु, १८ जना गम्भीर घाइते, मृतकको संख्या थपिने अनुमान !

739

माघ २८, एजेन्सी । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा शनिबार एक भीषण सडक दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ भने १८ गम्भीर घाइते भएका छन ।

यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरी र अस्पतालका अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन । सुबाङ जिल्लाको सिसेनाङ भन्ने ठाँउमा दुर्घटना भएको बताइएको छ ।

बसले मोटरसाइकललाई ठक्कर दिएपछि यात्रु बाहक सो बस एक पहाडमा गएर ठोक्किएको थियो । दुर्घटनामा परेको बसमा ४५ जना यात्रु सवार रहेका थिए । प्रहरीका अनुसार घटनाका बारेमा अनुसन्धान जारी रहेको छ ।

‘सुबाङ जनरल हस्पितल’ ले २७ को मृत्यु भएको विवरण दिएको छ । त्यसैगरी अन्य १८ जना गम्भीर घाइते भएको पनि अस्पतालले जनाएको छ । घाइतेहरुलाई ‘आइसियु’मा राखेर उपचार गरिएको छ ।

घाइतेहरु मध्ये अधिकांशको शरीरका विभिन्न ठाँउको हण्डी भाँचिएको र टाउकोमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन । घाइते मध्ये धेरैको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्न सक्ने पनि प्रहरीको अनुमान रहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.