साउन ३१, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बिहिबार पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रममा बोल्दै पुगिने र झिंगासँग उड्यो भने फोहोरमा पुगिने बताएका छन् ।
गत निर्वाचन अघि राजपा त्यागी नवलपरासी १ बाट प्रतिनिधि सभाको चुनावमा सूर्य चिन्ह लिएर विजयी भएका हृदेयेश त्रिपाठी र बृजेश गुप्ता लगायतका नेताहरुलाई पार्टी प्रवेश गराउने क्रममा बोल्दै ओलीले आफूले मौरीको जस्तै उडान गरेको बताए ।
प्रधानमन्त्री ओलीले आफ्नो पार्टीलाई विश्वास गरेर आबद्ध हुन आउनेहरु निराश हुननपर्ने समेत बताए । सूर्य चिह्न लिएर चुनाव लडेका अरु केही नेताहरु पनि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
नेकपा प्रवेश गरेका नेतालाई सो पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बिहिबार विहान नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्वागत गरेका हुन् ।
Comments are closed.