माघ २८, आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आइतबार हुने भनिएको नेपाल र युएई विरुद्धको खेल वर्षाका कारण निर्धारित समयमा हुन सकेको छैन ।
नामिबियामा जारी उक्त प्रतियोगिताको खेल नेपाली समयानुसार १ बजे र १५ मिनेटमा शुरु गर्ने भनिए पनि वर्षाका करण सञ्चालन हुन नसकेको हो ।
दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ । डिभिजन दुईको शीर्ष दुई स्थानमा रहनका लागि पनि दुवै टोलीलाई खेल जित्नै पर्ने बाध्यता छ ।
दुवै टोलीले समान २/२ अंक जाडेका छन् । यसअघि भएको दुई खेलमध्ये पहिलो खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो भने युएईको नतिजा पनि समान छ ।
नेपालले यसअघि पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमनसँग ६ विकेटको हार ब्यहोरेको थियो । त्यस्तै युएईले भने केन्यालाई पराजित गरेको थियो भने क्यानडासँग हार बेहोरेको थियो ।
Comments are closed.