Nepal's First Video FM

बुटवलको आम्दा अस्पतालको चरम लापरबाही, सुत्केरीको पाठेघर भित्र १२ दिन सम्म रह्यो कपडा र प्याड (भिडियोसहित)

1,204

भदौ १, न्युज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सिधाकुरा जनतासँग’को आज २६३ औं एपिसोड हो । आजको यस एपिसोडमा पनि विभिन्न प्रकारका विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

साथै प्रस्तुत गरिएको सो रिपोर्टहरुको समस्याको समाधानको लागि लाइभ फोन कल गरि कुराकानी पनि गरिएको छ । उक्त कार्यक्रममा स्काइप मार्फत सामाजिक अभियान्ता आङकामी शेर्पासँग पनि कुराकानी गरिएको छ ।

आजको यस विशेष एपिसोडमा ‘सार्वजनिक सवारी साधनलाई दिईने अस्थायी इजाजत पत्रमा लाखौँ भ्रष्टचार’ भन्ने शिर्षकमा रिपोर्ट प्रस्तुत गरिएको छ । यस रिपोर्टमा उपत्यका बाहिरको रुट अनुमति नभएका साना ठुला सवारी उपत्यका बाहिर जाँदा किलोमिटर अनुसार राजश्य तिरेर अस्थायी रुट परमिट लिनु पर्ने हुन्छ ।

सरकारले उठाउने राजश्वको ठुलो हिस्सा राजश्वमा नभई कर्मचारीहरुको गोजीमा जानेको गरेको छ । सिधकुरा जनतासँगका दर्शक नवराज गौतम आफ्नो ट्याक्सी लगेर काभ्रेको पनौती जाँदै थिए । भक्तपुरमा रहेको अस्थायी ईजाजत पत्र लिने कार्यलयमा उनिसँग पटक पटक रसिदमा १ सय उल्लेख गरेर १ सय ५० रुपैया लिने रहेछन् ।

‘बुटवलको आम्दा अस्पतालको चरम लापरबाही, सुत्केरी महिलाको पाठेघरमा प्याड भेटियो’ भन्ने शिर्षकमा पनि रिपोर्ट प्रस्तुत गरिएको छ । यो रिपोर्ट बुटवलस्थित आम्दा अस्पतालको हो । उक्त अस्पतालमा प्रसुती गराएकी एक महिलाको पाठेघरमा सुत्केरी भएको १२ दिनपछि प्याड कपडा फेला परेको छ ।

अर्घाखाँचीको सितगंगा २ घोरबन्दाकी ममता गुरूङको पाठेघरमा कुहिएका प्याड तथा कपडा फेला परेको हो । प्रसुती गराएकै दिनदेखि निरन्तर पेट दुख्ने र दुरगन्ध फैलिन थालेपछि सुत्केरी महिलाका आफन्तले स्थानीय नर्स पुर्णकला रानासँग जाँच गराएपछि प्याड निकालेकी थिइन् ।

त्यस्तैगरी ‘१ करोड ४० लाख शुल्क तिरेका २ सय ३५ जना विद्यार्थीको भविष्य अन्यौल’ भन्ने शिर्षकमा पनि रिपोर्ट प्रस्तुत गरिएको छ । उक्त रिपोर्ट हेटौडा कलेजले सिटिभिटी वा नेपाल सरकारका शैक्षिक संस्था अनुमति लिएको छैन तर अवैध रुपमा विद्यार्थीको भाविस्यमाथी खेलवाड गरिरहेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित जिल्ला प्रशासन कार्यालयको नजिकै अबैध रुपमा चुरियामाई टेक्निकल कलेज सञ्चालनमा रहेको छ । हेर्नुहोस पुरा भिडियो;

You might also like

Comments are closed.