Nepal's First Video FM

‘जनवार सबै एक हुन्, कानून सबैलाई लागु गर, नत्र मुलुकी ऐन संशोधन गर’ भन्दै सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन

1,063

भदौ १, आजबाट लागु भएको मुलुकी अपराध (संहिता) ऐनको बिरोधमा एक युवाले सिंहदरवार अगाडी नग्न प्रदर्शन गरेका छन् । राष्ट्रिय जनवार बदली गर्न माग गर्दै सिंहदवार अगाडि जितिन लिम्बुले नग्न भएर प्रदर्शन गरेका हुन् ।

उनले ‘जनवार सबै एक हुन्, कानून सबैलाई लागु गर, नत्र मुलुकी ऐन संशोधन गर र राष्ट्रिय जनावर बदली गर’ लगायत लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए ।

सरकारले गाई र गोरुको लागि मात्रै कानुन बनाएर गलत गरेको बिकिनले आरोप लगाएका छन् । राज्यले सबै जातजाती भाषाभाषी र धर्मालम्बीलाई सम्मान गर्ने गरी कानुन बनाउनुपर्ने उनको माग छ ।

उनले राष्ट्रिय जनावार पनि पविर्तन गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा रहेको लोपउन्मुख जनावारलाई राष्ट्रिय जनावर घोषणा गर्न उनले माग गरेका छन् । सिंहदरवारको दक्षिण गेट नजिकै प्रदर्शन गरेका लिम्बुलाई प्रहरीले पक्राउ गरेर लगेको छ ।

सार्वजनिक स्थानमा अश्लिलता प्रदर्शन गरेकाले उनलार्इ पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार अाचार्यले बताए । हाल लिम्बुलार्इ वृत्तको हिरासतमा राखिएको छ ।

You might also like

Comments are closed.