Nepal's First Video FM

नेपाल आइडल कै पहिलो इतिहास बने चितवनका मिनराज पौडेल, जिते गोल्डेन माइक, सीधै गाला राउन्डमा प्रवेश ! (भिडियोसहित)

1,617

भदौ १, ‘पेशाले शिक्षक हुँ तर सानैदेखि संगीतप्रति रुची र लगाव छ, बुवाले सानैबाट गाउने गरेकाले मलाई प्रेरणा मिल्यो’, उनले भने, ‘नेपाल आइडल एउटा प्लेटफर्म हो, मेरो र परिवारको सपना पुरा गर्ने माध्यम हो ।’ यो अरु कसैको नभई नेपाल आइडल सिजन-२ को अडिसन दिन हेटौडा पुगेका चितवन, रत्ननगरका मिनराज पौडेलको भनाई हो ।

पेशाले शिक्षक झुस्स दाह्री पालेका उनी गितार बोकेर नेपाल आइडलको अडिसनका लागि हेटौँडा पुगेका थिए मिनराज । जब अडिसनका लागि उनी नेपाल आइडलको स्टुडियोमा छिरे तब उनले आफ्नो स्वरको जादु छरे । २५ वर्षी मिनराजले जब गितारको धुनसँगै आफ्नो स्वरमा गाइने दाइले……. गुनगुनाउन थाले तब अगाडि बसेका जज मन्त्रमुग्ध भए ।

गितारको धुनसँगै आफ्नो स्वरको जादु छरेका उनले तृष्णा गुरुङको ‘गाइने दजैले सारंगी रेत्दैमा’ बोलको गितपछि अर्को गीत ‘कति बस्छौ माइतिकै कौसीमा’ गाएर सुनाए । जिस्किँदै जजहरुले पनि उनलाई उठेर हौसला बढाए । अझ जज कालीप्रसाद बास्कोटाकै शब्द, संगीत र स्वरमा रहेको ‘निर जहिले रिसाउने’ भन्दै जज इन्दिरा जोशीलाई फकाउन समेत भ्याए उनले ।

नेपाल आइडलका दुवै सिजनका अडिसनबाट अघिल्लो चरणमा जाने अरु प्रतिस्पर्धीले गोल्डेन टिकट मात्रै पाउने गरेका थिए । तर उनले गोल्डेन टिकटसँगै गोल्डेन माइक पाउँदै सोझै गाला राउन्डमा प्रवेश गरे ।

नेपाल आइडल कै इतिहास मा सिधै गला राउण्ड मा प्रवेश गर्ने पहिलो भाग्यमानी प्रतिस्पर्धी पनि बनेका छन् । उनले गोल्डेन माइक जितेर सीधै गाला राउन्डमा पुगेको श्रेय आफ्ना बाबु, परिवार र साथीभाइलाई बाँडेका छन् । हेर्नुस भिडियो;

You might also like

Comments are closed.