Nepal's First Video FM

बाख्रा मरेको सिफारिस गर्न २४० !

993

झापा गौरादहका अमृत कटुवाल बाख्रा मरेको सिफारिस लिन गौरादह १ को वार्ड कार्यालय गए। उनको गौरीगाई बाख्रा फर्ममा पालिएको बाख्रा साउन २७ गते मर्यो।बिमा दाबी गर्नका लागि उनले वार्ड कार्यालयबाट सिफारिस लिन गए। सिफारिस दस्तुर सुनेर झसङ्ग भए। बाख्रा मरेको सिफारिस लिन उनले २ सय ४० रुपैयाँ दस्तुर तिरे। सेतु बाख्रा मरेको भनेर दाबी गर्न उनले पशु प्राविधिक, वार्ड सचिव सबैलाई भने तर पार लागेन।
शुल्क तिर्ने गरि नगरपालिकाले नियम बनाएपछि उनलाई अचम्म लाग्यो। ५ हजार रुपैयाँको ९० प्रतिशत मात्रै बिमा रकम आउछ, कटुवालले भने, त्यहीँ पनि बाख्रा मरेको भनेर सिफारिस लिन यत्रो पैसा तिर्नपर्यो। स्थानीय तह बनेपछि अधिकार धेरै पाउला भनेर सोचेका कटुवालले अहिले आएर अचम्म लागेको छ। जनतालाई सेवा दिन आएका जनप्रतिनिधीले यति धेरै कर लिने व्यवस्था गरियो, उनले भने, यसले अधिकार मान्ने कि अझ सास्ती ? यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

गौरादह १ का वार्ड अध्यक्ष नगेन्द्र भण्डारीले नगर सभाबाट पारित गरेको नियम अनुसार नै दस्तुर लिएको बताएका छन्। नगरसभाले सिफारिसका लागि २ सय ४० रुपैयाँ दस्तुर लिने निर्णय गरेको छ, भण्डारीले भने, त्यसै अनुसार बनाइएको हो, अन्यथा हैन् । उनले नगरमा भएको व्यवस्था अनुसारै गरेको बताए।

You might also like

Comments are closed.