Nepal's First Video FM

आजदेखि धुवाँ फाल्ने गाडी निषेध

885

सरकारले वायु प्रदूषण घटाउन भदौ १ देखि देशभर महानगरपालिका र उपमहानगरपालिकामा धुवाँ फाल्ने निजी र सार्वजनिक चारपांग्रे सवारीसाधनलाई निषेध गरेको छ । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले यस्ता सवारीसाधनलाई शुक्रबारदेखि सडकमै जफत गरी कारवाही गर्ने जनाइएको छ ।

डिजल र पेट्रोलबाट गुड्ने गाडीले मापदण्डभन्दा बढी धुवाँ फाली प्रदूषण बढाएपछि देशभरका सहरमा शुक्रबारदेखि कडाइ गरेको यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिमा छापिएको छ ।

You might also like

Comments are closed.