Nepal's First Video FM

पुनः पल र पूजाको जोडीलाई पर्दामा

865

निर्देशक सुदर्शन थापा र अभिनेता पल शाहबीच ‘म यस्तो गीत गाउँछु’ फिल्म रिलिजपछि सम्बन्ध राम्रो नभएको चर्चा थियो ।
अभिनेता पलले चाँडै सुदर्शन क्याम्पभन्दा बाहिरको नयाँ फिल्म पनि साइन् गर्दैछन् । उनले केही दिनमा नयाँ फिल्मको विषयमा जानकारी दिने पनि बताएका छन् । हरेक वर्ष एक फिल्म लिएर आउने योजना अनुरुप उनको यस वर्ष पूजासँगको फिल्म रिलिज हुनसक्ने सम्भावना छ ।

‘म यस्तो गीत गाउँछु’ बक्सअफिसमा सुपरहिट भएपछि पुनः पल र पूजाको जोडीलाई पर्दामा हेर्ने दर्शकको चाहना अब पूरा हुने भएको छ ।

यसैबीच यति बेला अभिनेता प्रदिप खड्काको पनि निकै चर्चा छ । भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोज’को प्रचारमा व्यस्त प्रदीपलाई हाल तीन फिल्मबाट ५० लाखको अफर आएको छ ।

प्रदीपले तीनै फिल्मको वान लाइन स्टोरी पनि सुनिसकेका छन् । प्राप्त जानकारी अनुसार, उनले केही दिनमा तीन फिल्ममध्ये एक फिल्म साइन गर्दैछन् । अब प्रदिपले कुन फिल्ममा काम गर्ने छन् भन्ने कुरा भोलिका दिनले बताउनेछ ।

You might also like

Comments are closed.