मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन विपरित रहेको हुनाले अल्लि सोँचविचार र सावधानी अप्नाउनु पर्ने छ । व्यवसाय तथा कर्मक्षेत्रमा केही बाधा अड्चन परिशानी नहोला भन्न सकिन्न । स्वास्थ्यमा पनि समस्या देखिन सक्ने छ, हृदयका दीर्घरोगीहरुले विशोष ध्यान दिन जरुरी देखिएको छ । यदाकदा बिरोधीहरुले चक्रब्यूह रच्नसक्ने तर्फ पनि चनाखो एवं सावधानी हुन जरुरी छ । उपर्युक्त प्रतिकूलताको बाबजुत व्यवहारिक तरिकाबाट सजगता अप्नाइ आफ्नो कर्तव्यपथमा रत्रहनाले आकस्मिक लाभ एवं उपलब्धि भै निराशपन हट्ने छ । भगवान सूर्यनारायणको आराधना तपाईँको लागि आज हितकर हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन दाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने तथा प्रेम पारखिको लागि प्रस्ताव आउनसक्ने छ । विवाहयोग्य युवायुवतीको हकमा विवाह प्रस्ताव आउनसक्ने सम्भावना छ । रमाइलो यात्राको संयोग जुट्ने छ । व्यापार व्यवसाय तथा पेशाको क्षेत्रबाट राम्रो लाभ गर्नसक्नु हुनेछ । कार्यक्षेत्रमा सकारात्मक वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवम् मानसिक शान्ति पनि मिल्नेछ । आज तपाईको लागि सात अंक, सेतो रङ्गको प्रयोग र विपरित लिङ्गीलाई उपहार दिनुले विशेष महत्त्व राख्नेछ भने सूर्यदेवको स्तुति तथा श्रद्धाभक्ति गर्नु विशेष शुभदायक हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन ग्रहगोचर अनुकूल परेको छ । शारीरिक आरोग्यता बढ्ने कान्तिमा बृद्धि हुनेछ । दैनिक कामकार्यमा सफलता मिल्ने र शत्रुमाथि विजय हासिल गर्न सकिनेछ । कार्यक्षेत्रमा देखिएका बाधाब्याबधान हट्ने हुनाले थाति रहेका कामहरु अगाडि बढाउनसकिने छ । व्यवसायिक उन्नति भईश्रीबृद्धि हुनेछ । विरोधिहरुसँग समझदारी हुनसक्ने तथा आफ्नो सर्तमा ल्याउनसकिने छ । यात्रा योजना बन्ने तथा परदेश गमनको प्रतिक्षामा रहनु भएकाहरुको लागि पनि दिन अनुकूल देखिएको छ । प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने हुनाले खेलाडिहरुको लागि दिन उपयुक्त रहनेछ भने अन्यको लागि पनि उपलब्धिमूलक रहनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन गोचरमा सुधार भएको देखिन्छ तर पनि बढी जोड् गरिएको काममा ग्रहको अदृष्य बाधक भूमिका देखिएको छ । परिस्थिति नबुझिदिँदा आत्मप्रशंसाको चाहनाले केही दुःख दिनसक्ने छ । मान्छेहरुको नजरमा अल्लि प्रभाव जमाउन कठिन पर्ने सम्भावना पनि छ । निगरानी राख्ने पक्ष बलियो देखिनेछ । आफ्नो सिद्धान्तमा अडिग् रहने र समयको सदुपयोग गर्नेहरुको लागि भने अन्तिममा उपलब्धि हुनेछ । कुनै काम सिक्ने कार्यमा प्रगति गर्नसकिने छ । आज पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि शुभ हुनेछ भने माँ बगलामुखीको स्तुति आराधनाको साथमा विद्वानजनको आर्शिवाद वा सल्लह ग्रहण गर्नु फापसिद्ध हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्नपर्नसक्ने छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकिर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइनसक्ने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना भएकोले बैठक आदिमा नया“ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले संघर्षबाट केही लाभ भने गर्नसकिएला । भगवान श्री सूर्यदेवको श्रद्धाभक्ति एवं स्तुति गर्नु आज तपाईको लागि उपयुक्त हुनेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन पराक्रम बढ्ने ग्रहयोग परेको छ । आफ्नो भन्दा अरुको कामको लागि खटिनु पर्ने सम्भावना छ । कसैको विवाहको कुरा मिलाईदिने जस्ता काममा उल्लेखनीय भूमिका निर्वाह गर्नसक्नु हुनेछ । उद्यम तथा व्यवसायिक पेशा आदिमा लाभ र सन्तोष हुने नै छ । काम कार्य एवं व्यवसायबाट राम्रै सफलता एवं लाभ हातपार्न सकिनेछ । आज यहाँलाई तीन अंक र हरियो रङ्गको प्रयोग एवं भगवान सूर्यनारायणको दर्शनभक्ति एवं स्तुति आराधना गर्नु शुभप्रद रहने छ ।
तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन वाणीमा कुशलता आउने योग परेको दिन छ । बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसैकसैलाई परदेशी घर फर्कने र घरपरिवारमा रमाइलो वातावरण छाउने छ । औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्ने छ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सूर्यनमस्कार योगको साथमा भैरवदेवको उपाशना गर्नु राम्रो हुने देखिन्छ ।
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सौहार्दपूर्ण उत्साह एवम् उमङ्गको वातावरणमा बित्ने देखिन्छ । इष्टजनहरुको आगमनले शोभायमान वातावरण बन्नेछ भने औपचारिकतानिर्वाहको लागि व्यस्ततापूर्ण दिनचर्या रहनेछ । कसैकसैको लागि निमन्त्रणा तथा मिष्ठान्न आदिलेस्वागत सत्कारको अवसर प्राप्त हुनेछ । व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा उठाउन सक्नु हुनेछ । राजकाज तथा नोकरी आदिमा पनि ग्रहले उपयुक्त भूमिका निर्वाह गरेको हुनाले सन्तोष प्राप्ति हुनेछ । अन्य पेशाकर्मीको लागि पनि लाभ मिल्नेछ । सारांसमा आज यहाँहरुलाई व्यस्तताको बाबजुत पनि सफलताको कारण मानसिक शान्ति र सन्तोष प्राप्त हुनेछ । आज एक अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान रामको दर्शन एवं भक्ति गर्नु उपयुक्त रहनेछ ।
धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन सामान्य कार्यलाई पनि बढी मेहनत गर्नुपर्ने दिन रहेको छ । विचार नपुर्याइ जोशमा आएर कुनै पनि विषयको आसक्ति नगरेकै राम्रो हुनेछ । फजुल खर्च तथा यात्रा आदिलाई ग्रह स्थितिले प्रोत्साहन गरिरहेकोले सोँचविचार नगरी गरिएको कामले पश्चाताप पार्नपनि सक्नेछ ख्याल पुर्याउनु होला । पारिवारिक वा प्रेमसम्बन्धमा पनि केही वितृष्णा पैदा हुनसक्ने छ । हतोत्साहित नभइ आफ्नो कार्यमा लगनशीलतापूर्वक लागिरहनाले अन्तिममा केही लाभ हातपार्न सकिनेछ । यहाँको लागि आज तीन अङ्क र पहेंलो रङ्गको उपयोग गर्नु हितकर हुनेछ भने नगरी नहुने कार्यमा सफलताको लागि भगवान श्री आदित्यदेवको उपाशना गर्नु हितकर हुनेछ ।
मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन लक्ष्मीकृपाको योग परेको देखिन्छ । तसर्थ व्यवसायिक क्षेत्रबाट राम्रो आम्दानी गर्नसकिने छ । विद्यार्थीहरु परीक्षामा र खेलाडि तथा शारीरिक प्रतिस्पर्धीहरु प्रतिस्पर्धामा उर्तिण तथा विजयी हुनसकिने छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी दिनको सदुपयोग गर्नाले अझ बढी सन्तोष लिनसकिने छ । विवाह योग्य युवायुवतीको लागि पनि जोडी भेटिन सक्ने ग्रहप्रभाव रहेको छ । आज यहाँलाई दुई अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने भगवान भानुको भक्तिआराधना गर्नु हितप्रद हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल मान्न सकिन्छ । विशेष कामको योजनामाथि विचारविमर्श गराउनसक्ने गोचर परेको छ । औपचारिक मानसम्मानमा बढोत्तरी हुनेछ भने पदप्रतिष्ठाको आश्वासन पनि मिल्नसक्ने छ । उन्नति एवम् उच्चवर्गसँगको संपर्कले मनोबल र महत्त्वाकांक्षा पनि बढाउने छ । राजनीति तथा समाजसेवा वा जागिर आदि कार्यक्षेत्रमा जिम्मेवारी मिल्नसक्ने छ । व्यवसायले प्रसिद्धि पाउनेछ । आत्मबल बढेर आउनेछ । आज तपाईको लागि एक अङ्क, रातो रङ्गको प्रयोग र मान्यजनको दर्शनभेट् तथा सेवा सत्कार गर्नु फापकर हुनेछ ।
मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन सुधारोन्मुख मान्न सकिन्छ । धेरै महत्त्वाकांक्षा राखेको काममा भने अबरोध सृजना हुनेछ । बाँकी कार्यमा स्वभाविक सफलता मिल्नेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुनेछ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अङ्क, पहेलो रङ्गको प्रयोग र विशेष काममा आउने अबरोध निवारणको लागि माँ बगलामुखीको श्रद्धाभक्ति उपाशना गर्नु शुभ हुनेछ ।
Comments are closed.