माघ २८, भक्तपुर नगरपालिका–१० नागपोखरस्थित बाबुकाजी शिल्पकारले सञ्चालन गरेको फर्निचर उद्योगमा आइतबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।
आगलागीबाट काठ चिर्ने यन्त्र तीन थान, जेनरेटर एक थान र काठ लगायत अन्य सामग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
आगलागी महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्याँसीका प्रहरी, भक्तपुर दमकल र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा आएको थियो ।
Comments are closed.