Nepal's First Video FM

आज शेरबहादुर देउवा स्वदेश फर्कनुहुने

1,183

भदौ ३, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा आइतबार स्वदेश फर्कनु हुने भएको छ । उपचारका लागि पत्नी आरजु राणासहित सिंगापुर जानुभएको देउवा आइतबार मध्यान्न स्वदेश फर्कनुहुने उहाँका स्वीय सचिव भानु देउवाले जानकारी दिए ।

उहाँ गत साउन २३ गते सिंगापुर जानुभएको थियो । उहाँको अनुपस्थीतिमा बस्न नसकेको संवैधानिक परिषदको बैठक पनि आइतबार साँझ बस्ने सम्भावना रहेको छ । देउवा स्वदेश फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेर परिषदको बैठक बोलाउन सक्ने सम्भावन रहेको बताइएको छ ।

प्रधानन्यायाधीश सिफारिस गर्न साउन २३ गते नै प्रधानमन्त्री ओलीले बोलाएको परिषद्को बैठक देउवा सिंगापुर जाने भएपछि स्थगित भएको थियो ।

You might also like

Comments are closed.