Nepal's First Video FM

१८औं एशियाली खेलकुदमा नेपाल पाकिस्तानसँग पराजित

1,232

भदौ ३, १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । यो पराजयसगै नेपालको फुटबल तर्फको यात्रा पनि सकिएको छ ।

इन्डोनेसियाको प्याट्रिओट चन्द्रभागा रंगशालामा भएको समुह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तान विरुद्ध दुई एक गोलले पराजित भएको हो । खेलको सुरुवातमा नेपालले एक गोलले लिड गर्ने मौका पाएको थियो ।

खेलको १२ औ मिनेटमानै पाकिस्तानी खेलाडीले गरेको आत्मघाती गोलले नेपालले अग्रता बनाएको थियो । पाकिस्तानका युनस सहबाजले क्लियर गर्न खोजेको बल पोष्टमा पु¥यो र नेपालले एक गोल उपहार स्वरुप पाएको हो ।

पहिलो हाफ सम्म नेपालले एक गोलले अग्रता लिए पनि दोस्रो हाफमा आफनो टिमको लागि गोल भने गर्न सकेन । नेपाललाई दवावमा राखेको पाकिस्तानले दोस्रो हाफमा दुई गोल ग¥यो ।

दोस्रो हाफमा पाकिस्तानका लागि ५४ औ मिनेटमा एम विलाल र ७२ मिनेटमा एस हुसेनले गोल गरी गरे । यो हार सगै नेपालको यात्रा यहि सकिएको छ भने पाकिस्तान बेष्ट थ्री हुदै अघिल्लो चरणमा पुगेको छ । समूह चरणमा नेपाल जापानसँग १–० र भियतनामसँग २–० ले पराजित भएको थियो ।

अन्तिम खेलमा पाकिस्तानलाई पराजित गर्दै समूहको उत्कृष्ट तेस्रो टोली बनेर अघि बढ्ने मौका नेपालले गुमायो भने एशियाली खेलकुदको फुटबलमा पहिलो जित दर्ता गर्न महत्वपूर्ण मौका पनि चुकाएको छ ।

You might also like

Comments are closed.