Nepal's First Video FM

पहिलो ओभरमा नै सोमपालले लिए एक विकेट

601

माघ २८, आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत युएईसँगको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । तेस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमा नै एक विकेट झारेको छ ।

पहिलो ओभरमा नै युएइका ओपनिङ ब्याट्सम्यान असफाक अहमद शून्य रनमा नै आउट भएका हुन् । नेपालका लागि सोमपाल कामीले विकेट लिए । पहिलो ओभरको तस्रो बलमा नै सोमपालले अस्फाक अहमदलाई बोल्ड आउट गराएका हुन् ।

आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ । नेपालले यसअघि आयोजक नामिवियालाई १ विकेटले पराजित गरेको थियो भने आफ्नो दोस्रो खेलमा कमजोर मानिएको ओमनसँग ६ विकेटको हार ब्यहोरेको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.