Nepal's First Video FM

ठूलो आवाज निकाल्ने मोटरसाइकल चलाउन नपाइने

1,043

भदाै ४, महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ । ठूलो आवाजका कारण आम सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षसहित ट्राफिकले ती मोटरसाइकलहरुमा कडाइ गरिएको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्त ठूलो आवाज निकाल्ने सवारीका कारण दुर्घटना बढ्नुका साथै ध्वनी प्रदुषण हुने गरेकाले नियन्त्रण गर्न लागिएको बताउँछन् ।
‘त्यस्ता मोटरसाइकलहरुबाट निस्कने ध्वनीका कारण कतिपय अपाङ, असशक्त एवं बिरामीहरु तर्सिने गरेका छन् । कतिपय अचानक ढल्ने पनि गरेका छन्’, पन्तले अनलाइनखबरसँग भने, ‘त्यस्ता बाइकहरु ओभर स्पीडमा कुदाइने गरिएको छ । ठूलो आवाजमा बाइक आउँदा के रहेछ भनेर हेर्दा समेत दुर्घटना हुने गरेको देखिन्छ ।’ पन्तका अनुसार अहिले दैनिक ४० देखि ५० वटा मोटरसाइकल दैनिक कारबाहीमा पर्ने गरेका छन् ।

‘त्यसरी समातिएकाहरु मध्ये कम्पनीबाटै ठूलो आवाजमा आउनेलाई चलाउन रोक लगाएका छौं’, पन्तले थपे, ‘कतिपय मोडिफाइ गरेर ठूलो आवाज निस्किने बनाइएका छन् । उनीहरुलाई पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर मात्र छाडेका छौं ।’ त्यसरी समातिएकाहरुलाई जरिवाना स्वरुप १ हजार रुपैयाँ समेत लिने गरिएको छ ।

अनलाइन खबरबाट

You might also like

Comments are closed.