भदौ ४, पूर्वराजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ । प्रहरीले अनुसन्धानका लागि झा कै घरमा काम गर्ने तीन कामदारलाई पक्राउ गरेको हो ।
अपराध महाशाखाको टोलीले झाको घरमा काम गर्ने माली, भान्से र गार्डलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बिहान बबरमहलस्थित निवासमा झा मृत अवस्थामा फेला परेका थिए ।
झाको टाउको र निधारमा चोट लागेको प्रहरीले जनाएको छ भने एउटा झ्यालसमेत काटिएको छ । प्रारम्भिक अनुसन्धानबाट छुरा प्रहार गरी हत्या भएको अनुमान प्रहरीको छ ।
निवासको श्रीमतीले बिहान चिया खान नआएपछि कोठामा हेर्दा झालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । ८० वर्षीय झा श्रीमतीसहित बस्दै आएका थिए । शनिबार मात्र झाका छोरा बुहारी अमेरिका फर्किएका थिए । झा फ्रान्सका लागि पूर्वराजदूत हुन् ।
Comments are closed.