Nepal's First Video FM

नेपाललाई लगातार सफलता, करणले लिए तेस्रो विकेट

442

माघ २८, नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत युएईसँगको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालका लागि करण केसीले तेस्रो विकेट लिए ।

पहिलो ओभरमा नै युएइका ओपनिङ ब्याट्सम्यान असफाक अहमद शून्य रनमा नै आउट गरेका नेपालका सोमपाल कामीले सातौ ओभरमा दोस्रो विकेट हात पारे भने आठौं ओभरमा नेपालका करण केसीले तेस्रो विकेट लिएका हुन ।

युएइका गुलाम सवार १६ रनमा आउट हु्ँदा रोहन मुस्ताफा ७ रन बनाएर आउट भए । सवारलाई सोमपाल र मुस्ताफालाई करणले आउट गरेका हुन् । युएइ अहिले २८ रन बनाएर खेलिरहेको छ ।

You might also like

Comments are closed.