भदौ ४, फेसबुक र ट्वीटर लगायतका सामाजिक सञ्जालमार्फत आर्थिक कारोबार भइरहेको भन्दै संसदीय समितिले करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिइएको छ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
सोमबार बसेको समितिको बैठकले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा विज्ञापन गरे बापत ठूलो रकम बाहिरिएको देखिएकोले त्यसलाई नियमन गरी करको दायरामा ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देश गरेको हो ।
इन्टरनेसनल टेलिकमले उपलब्ध गराएको स्पेस, रोयल्टी सम्बन्धी समस्या समाधानका विषयमा समितिलाई जानकारी गराउन सूचना तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको छ ।
सोमबारको बैठकमा सञ्चारमन्त्री गोकुलप्रसाद बासकोटाले मन्त्रालयको योजना र विवरणहरु प्रस्तुत गरेका थिए । बैठकमा सांसदको प्रश्नको जवाफ दिदै मन्त्री बास्कोटाले सञ्चार क्षेत्रलाई नियमन गर्न साइबर कानून बनी रहेको जानकारी गराए ।
Comments are closed.